अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीकोटमा जीप दुर्घटना : चालककाे मृत्यु, ११ जना घाइते

कालीकोटमा जीप दुर्घटना : चालककाे मृत्यु, ११ जना घाइते


कालीकोट– कर्णाली करिडोरअन्तर्गत कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु हुनुका साथै ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

दुर्घटनामा परी गाडी चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

घाइते हुनेमा रास्कोट नगरपालिका–९ का नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, लोक लुवार, रास्कोट नगरपालिका–७ का कमलराज शाही र सान्त्री त्रिवेणी गाउँपालिका वडा नं. ६ का बदे संज्याल, रत्न सज्याल, सुन्दर सज्याल, तिलक संज्याल पचालझरना गाउँपालिकामा अनिता शाही रहेको उद्धारमा खटिएका ललितजंग बमले बताउनुभयो ।