अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तरुण दलका उपाध्यक्ष एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत

तरुण दलका उपाध्यक्ष एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत


काठमाडौं– नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला सदस्य तथा तरुण दल कञ्चनपुर उपाध्यक्ष विष्णु न्यौपाने नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको छ । आज एक कार्यक्रमबीच न्यौपानेलाई पार्टी प्रवेश गराएको हो ।

पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, कर्ण थापा, राजेन्द्र रावल, नारदमुनि राना, लिला भण्डारी, निरू पाल र अर्जुन ढकाललगायतका नेताहरूको उपस्थिति थियो ।

२०६४ सालदेखि निरन्तर राजनीतिमा रहेका न्यौपाने जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्नुभएको थियो । कञ्चनपुर बेलौरी नगरपालिका ४ का न्यौपाने स्थानीय क्षेत्रमा राम्रो पकड जमाएका व्यक्ति हुनुहुन्छ । न्यौपानेको एमाले प्रवेशसँगै कञ्चनपुरमा आगामी निर्वाचनमा कांग्रेसलाई थप धक्का पुग्ने आँकलन गरिएको छ ।