सुर्खेत । एमालेनिकट अनेरास्ववियु र युवा संघले कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तको माग राख्दै जुलुस निकालेका छन् ।
मन्त्री शाहीलाई बलत्कारको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्दै नेरास्ववियु र युवा संघका कार्यकर्ताले आज दिउँसो वीरेन्द्रनगरमा जुलुस निकालेका हुन् ।
मन्त्री शाहीलाई एक महिलाले २०७६ माघमा बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, अहिले ती महिलाले घटना निराधार भएको बताउँदै आएकी छन् । ती महिलाले घटनाका विषय धेरै नउचाल्न आग्रह गर्दै सामाजिक मानसिक रूपमा आफू विक्षिप्त भएको बताउँदै आएकी छन् ।
मन्त्री शाहीको निजी सचिवालयले आर्थिक लाभका लागि महिलाले बलात्कारको आरोप लगाएको दाबी गर्दै आएको छ ।







प्रतिक्रिया