काठमाडौं– संग्रहालय बनाउने भन्दै भत्काउन सुरू गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरको भग्नावशेष नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
प्रतिष्ठानले मैतिदेवीमा रहेको महाकविको घर भत्काउन सुरू गरेपछि अधिवक्ता सञ्जय अधिकारीले देवकोटाको पुरातात्विक महत्त्वको घर थप भत्काउनबाट रोक लगाउन, भत्काइएका भग्नावशेषलाई यथास्थानमा राख्न र निर्माण कार्य नगर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
आइतबार न्यायाधीशहरू अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले यो निवेदनमा सुनुवाइ गर्दै भग्नावशेष नहटाउन र थप निर्माण कार्य नगर्न अन्तरिम आदेश दिएको हो ।
साउन २५ मा सर्वोच्चमा दर्ता गरिएको निवेदनमा देवकोटाको घरको पुरातात्विक महत्त्व रहेको र त्यसको आधिकारिकता नासिने गरी कुनै काम नगर्न आदेश माग गरिएको थियो ।





प्रतिक्रिया