काठमाडौं– माधवकुमार नेपालले केही महिना अघिसम्म ठूलठूलो स्वरमा बोलेको धेरैले बिर्सेका छैनन् । सबैले सम्झिने गरी नेपाल भन्नुहुन्थ्यो, ‘एउटै व्यक्ति दुइटा पदमा बस्न पाइदैन । एक व्यक्ति एक पद हुनुपर्दछ ।’ नेकपा एमालेका अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटकपटक चेतावनी शैलीमा भन्नुहुन्थ्यो, ‘पार्टीभित्र सामूहिक निर्णय हुनुपर्छ । प्रधानमन्त्रीले मनखुशी मन्त्री रोज्न पाइदैन ।’
उहाँले भर्खरै बनाएको पार्टीको संसदीय दलको निर्णय सुनेर धेरैले प्रश्न गरेका छन् । चार महिना अघिसम्म विधि, पद्धति र सामूहिक निर्णयको कुरा उठाउने माधव नेपाल र नेकपा (एस) का अध्यक्ष उनै माधव नेपाल हुन्? चार महिनाअघिको उहाँको हुंकार सुन्दा होइनन् जस्तो लाग्छ तर आजको निर्णयअनुसार पार्टीको अध्यक्ष हुँदाहुँदै संसदीय दलको नेता पनि नभइ नहुने र त्यतीले मात्र नपुगेर मन्त्रीे छनौटको निर्णयको अधिकार कुम्ल्याउने नेकपा एमालेका पूर्वनेता माधव नेपाल एकै व्यक्ति हुनुहुन्छ ।
आजको निर्णय सुनेपछि विधी र पद्धती पछ्याउछु भन्ने माधव नेपाललाई धेरैले गिज्याएका छन्, ‘माधव नेपालको कथनी र करनी नमिल्ने रहेछ ।’ एक व्यक्ति एक पदको वकालत गर्ने नेपालले संसदीय दलको नेता आफैंले राख्नुभयो । त्यती मात्र होइन मन्त्री छनौट गर्दा पार्टी कमिटीबाट निर्णय गरेर सामूहिक अपनत्व लिनु पर्दछ भन्ने नेपालले आफ्नै भनाइलाई उल्लंघन गर्दै सबै अधिकार आफैंले लिनुभयो । ‘माधव नेपालले मन्त्री छनौट गरिसक्दा उहाँका साँसदले सोध्नेछन् कमरेड यही हो त सामुहिक निर्णय? यही हो त विधी पद्धती?’
सबै अधिकार एक्लै कुम्ल्याएपछि एमाले छोडेर उहाँलाई साथ दिएका साँसदहरू क्रुद्ध बनेका छन् । आफहरूसँग आठ जना साँसद भएको र सामूहिक निर्णय गर्दा बार्गेनिङ बढ्ने ठानेका उनीहरू नेपालले एक्लै निर्णय गर्ने अधिकार लिएपछि शसंकित भएका छन् ।







प्रतिक्रिया