अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तकोशीमा वर्षकै सबैभन्दा बढी पानी

सप्तकोशीमा वर्षकै सबैभन्दा बढी पानी


सप्तरी- सप्तकोशी नदीमा आइतबार यो वर्षकै सबैभन्दा धेरै पानी बगेको छ । केही दिनयताको निरन्तरको वर्षाले नदीको बहाव आइतबार वर्षकै उच्च विन्दुमा पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार दिउँसोदेखि सप्तकोशीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । नदीको बहाव बढेपछि कोशी ब्यारेजका ३५ वटै ढोका खोलिएका छन् ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा रहेको देखाएको छ । यसैबीच, निरन्तरको वर्षासँगै सप्तरीको गोवरगढा टापु, सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत, तिलाठी कोइलाडी गाउँपालिकाका कोशी किनारका बस्ती तथा होचा स्थानमा कटान हुने सम्भावना रहेकाले अगामी तीन दिनसम्म ठूलो तथा साना, सहायक नदीहरुको तल्लो तटीय, होचा तथा डुबान क्षेत्रका बासिन्दाहरुको जीउज्यान र धनको सुरक्षाका लागि आवश्यक तयारी अपनाउन सप्तरी जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी नाथुप्रसाद साहले आइतबार जारी सूचनामा जनाएको छ ।