अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जामा पहिरोले घर पुरिँदा एक जनाको मुत्यु, तीन घाइते

स्याङ्जामा पहिरोले घर पुरिँदा एक जनाको मुत्यु, तीन घाइते


स्याङ्जा- अविरल वर्षासँगै पहिरोले घर पुरिँदा गल्याङ नगरपालिका १ राम्दीमा एक जनाको निधन भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

पहिरोले घर पुरिएर वालिङ् नगरपालिका १४ की ४० वर्षीय धनमाया उम्रको निधन भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।

पहिरोले गुल्मी छत्रकोट ५ घर भई राम्दी बस्ने घरधनी ३७ वर्षीय लक्ष्मी बस्नेत, रुपन्देही शैसामैनाका वर्ष १६ का शिशिर योगी र भिरकोट नगरपालिका ५ का ३६ वर्षीय नारायण तिवारी गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

पहिरोले घर पुरिएर गम्भीर घाइते भएका तीनै जनाको उपचारको लागि लुम्बिनी शिक्षण अस्पताल पाल्पा लगिएको अधिकारीले बताउनुभयो ।

पहिरोले दुई घर पुरे पनि दिपेन्द्र खत्रीको घर भने खाली रहेको अधिकारीले बताउनुभयो ।