काठमाडौं– सभामुख अग्नि सापकोटाले एमालले कारबाही सिफारिस गरेका १४ सांसदको पद नगुम्ने निर्णय गरेपछि एमाले प्रतिक्रिया दिएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापाकोटाले कलंकको टीका लगाएको प्रतिक्रिया दिनुभयो ।
उहाँले एमालेलाई जसरी पनि फुटाउनुपर्छ भन्ने सभामुखको इच्छा पूरा भएको समेत आरोप बताउनुभयो ।
‘पहिले नै सभामुखले जे भूमिका खेल्नुहुन्छ भन्ने डर लागेको थियो त्यही भयो । यो भन्दा निर्लज्जता केही हुँदैन । सभामुख अग्नि सापकोटाले सभामुखको रूपमा कलंकको टीका लगाउनुभयो,’ भट्टराईले भन्नुभयो ।
उहाँले १४ सांसदमाथिको कारबाहीबारे निर्णय गर्न विलम्ब भएपछि आफूहरुलाई आशा नगरेको पनि बताउनुभयो ।





प्रतिक्रिया