काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रालयको संख्या बढाउन माग गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आइतबार साँझ बालुवाटारमा भएको भेटमा नेता नेपालले आफूलाई भागबण्डामा समस्या भएको भन्दै संख्या बढाउन माग गर्नुभएको हो । उहाँले उपसभामुखसहित संसदीय समितिमा पनि भागबण्डा सुनिश्चित गर्न आग्रह गर्नुभएको छ ।
छलफलमा सरकार विस्तार र गठबन्धनलाई थप मजबुत बनाउने विषयमा शीर्षस्थ नेताहरूबीच छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । गठबन्धनकारी दलहरुले भने नेपालको दललाई ६ मन्त्रालय दिने बताएका छन् ।
सोमबार बिहान गठबन्धनको बैठक बोलाइएको छ । बैठकमा सरकार विस्तार लगायतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा (एकीकृत समाजवादी)को आइतबार बसेको संसदीय दलको बैठकले मन्त्री चयनका बारेमा निर्णय गर्न अध्यक्ष नेपाललाई जिम्मा दिएको थियो ।







प्रतिक्रिया