अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओलीले अस्वीकार गरेको संयन्त्र बनाउन दाहाल–नेपालको जोडबल

ओलीले अस्वीकार गरेको संयन्त्र बनाउन दाहाल–नेपालको जोडबल


काठमाडौं– तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको सरकार सञ्चालन उच्चस्तरीय संयन्त्र निर्माणमा सत्तारुढ गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले जोड दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संयन्त्र बनाउन जोड दिएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि संयन्त्र बनाउन सकारात्मक रहने बताइएको छ ।

प्रधानमन्त्रीमाथि अर्को प्रधानमन्त्री हुन चाहेको भन्दै तत्कालिन प्रधानमन्त्री ओलीले अस्वीकार गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले भने बैठक मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा केन्द्रित रहेको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्थ्यो ।