अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिन्छु : गगन थापा

कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिन्छु : गगन थापा


काठमाडौं– नेपाली कांग्रेसका नेता गगनकुमार थापाले १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिनुहुने भएको छ । आज काठमाडौं महानगरपालिका–३० मा आयोजित क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी दिने बताउनुभएको हो ।

१३औँ महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बन्नुभएको थियो । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बन्नुभएका उहाँले ५८४ मत प्राप्त गर्नुभएको थियो ।

सो बेला रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला महामन्त्रीमा निर्वाचित हुनुभएको थियो । थापा यो पटक कुन समूहबाट उम्मेदवार बन्ने अझै टुंगो लागेको छैन ।