अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा मिनी ट्रक दुर्घटना, ३५ जना घाइते

धादिङमा मिनी ट्रक दुर्घटना, ३५ जना घाइते


धादिङ– जिल्लाको ज्वालामुखी गाउँपालिका–५ स्थित खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।

मा परेको छ । दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिनुभयो । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा ३ ख ५६२३ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित हुँदा रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किएको अध्यक्ष तिमल्सेनाले बताउनुभयो ।