काठमाडौं– प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छाड्नुभएको छ । आज फेसबुकमा उहाँले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गर्दै पार्टीबाट अलग भएको घोषणा गर्नुभयो ।
पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भन्नुभएको छ, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’
नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने पनि उल्लेख गर्नुभएको छ ।







प्रतिक्रिया