अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकी हमलामा काबुलमा एकै परिवारका ९ जनाको मृत्यु

अमेरिकी हमलामा काबुलमा एकै परिवारका ९ जनाको मृत्यु


काबुल– अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा एकै परिवारका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका छन् ।

शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएस–के) आबद्ध लडाकूलाई लक्षित गरी सो हमला गरिएको वासिंगटनले जनाइएको छ । हमलामा एकै परिवारका सर्वसाधरण मारिएको भन्दै अमेरिकाको बिरोध भएको छ ।

‘हामी आइएस होइनौं । अमेरिकी हमलामा सबै सदस्य गुमायौं,’ आक्रमणमा बाँचेका एक व्यक्तिले भने । आक्रमणमा मारिनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । विस्फोटपछि घरमा आगो लागेको थियो ।

अमेरिकाले मंगलबारसम्म आफ्ना सबै सेना अफगानिस्तानबाट फिर्ता गरिसक्नु पर्नेछ । विहीबार काबुल बिमानस्थलमा आइएसले गरेको हमलामा १३ अमेरिकी सेनासहित १ सय ७० जनाको मृत्यु भएको थियो । सो हमलापछि अमेरिकाले संदिग्ध स्थानमा आक्रमणकारीविरुद्धको आक्रमण सुरु गरेको छ ।