अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई मेयर शाक्यको पत्र : ‘सिसडोलको बाटो बनाइदिनुस्’

प्रधानमन्त्रीलाई मेयर शाक्यको पत्र : ‘सिसडोलको बाटो बनाइदिनुस्’


काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको छ । भेटमा उहाँले काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।

‘काठमाडौं उपत्यकाका सडक र चोकैपिच्छे फोहोर थुप्रिएको छ । डम्पिङ साइटसम्म पुग्ने सडक बिग्रिएको छ । वर्षाका कारण तत्कालै फोहोर डम्पिङ गर्न समस्या भइरहेको छ,’ भेटमा मेयर शाक्यले प्रधानमन्त्रीसँग भन्नुभएको थियो, ‘मुख्य कारण सडक हो । फोहोर बोकेका गाडी डम्पिङ साइटसम्म पुग्नै सक्दैनन्, त्यसैले सिसडोलसम्म जाने सडक बनाइदिनुपर्‍यो ।’

जवाफमा देउवाले फोहोर व्यवस्थापन नहुँदा समस्या भएको भन्दै त्यसको समाधानका लागि आफू सकारात्मक भएको बताउनुभयो ।उहाँले तत्कालै सडक विभागका प्रमुखसँग टेलिफोन सम्पर्क गरेर तत्काल बाटो बनाउन निर्देशनसमेत दिनुभयो ।

शाक्यले यसअघि ८ भदौमै प्रधानमन्त्रीलाई चिठी लेखेर फोहोर व्यवस्थापनका लागि सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।