अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको अध्यक्ष बन्न योग्य छु : ईश्वर पोखरेल

एमालेको अध्यक्ष बन्न योग्य छु : ईश्वर पोखरेल


काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू पार्टी अध्यक्षमा दावी गर्न योग्य रहेको बताउनुभएको छ ।

आज पत्रकारसँगको कुराकानीमा उहाँले क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्ष हुनका लागि आफू योग्य रहेको बताउनुभएको हो ।

‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन । तर, देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्,’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नरहेको समेत बताउनुभयो ।