काठमाडौं । नवगठिन नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले नयाँ भावनाका साथ अगाडि बढे मात्र दृष्टिकोण स्थापित हुने बताउनुभएको छ ।
भारतबाट स्वास्थ्य उपचार गराएर सोमबार स्वदेश फर्कनुभएका खनालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले विद्रोह उज्वल भविष्यको लागि भएको बताउँदै प्रत्येकले नयाँ क्रान्तिकारी मान्छेको रूपमा रूपान्तरित हुनुपर्ने बताउनुभयो ।
नेता खनालले नेता कार्यकर्तालाई नयाँ भावनाका साथ अघि बढ्न पनि आग्रह गर्नुभयो । ‘नयाँ भावनाका साथमा हामी अगाडि बढ्नुपर्छ, तब मात्र हामीले नयाँ दृष्टिकोण स्थापित गर्न सक्छौँ’, खनालले भन्नुभयो ।
नेकपा एमाले आफूहरूले बनाएको पार्टी भएको बताउँदै खनालले पछिल्लो समय एमालेभित्र अहंकारवादी सोच मौलाएकोले पार्टी फुटाउनु परेको बताउनुभयो ।







प्रतिक्रिया