अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झलनाथका दुःख : दिल्ली जाँदा एमाले, फर्किंदा समाजवादी

झलनाथका दुःख : दिल्ली जाँदा एमाले, फर्किंदा समाजवादी


काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनाल लामो दिल्ली बसाइपछि सोमबार स्वदेश फर्किनुभएको छ । गत २ असारमा उपचारका लागि दिल्ली प्रस्थान गर्नुभएका खनाल सोमबार स्वदेश फर्किनुभएको हो । गत २० असारमा मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्य लाभपछि उहाँ स्वदेश फर्किउनुभएकोहो । दिल्लीस्थित एपोलो अस्पतालमा उहाँको उपचार गरिएको थियो ।

एमालेका वरिष्ठ नेताको हैसियतमा दिल्ली हिँड्नुभएका खनाल फर्किंदा एमाले दुई टुक्रा भइसकेको छ । उहाँ एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेताको रूपमा रनुभएको छ । सोमबार स्वदेश फर्किनुभएका खनालको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू हुनुहुन्थ्यो ।

तर, विदाइ गर्दा नर्भिक अस्पताल पुगेर स्वास्थ्य लाभ गर्नुभएका ईश्वर पोखरेलसहित एमालेका नेताहरू विमानस्थलमा देखा पर्नुभएन । २ असारमा थप उपचारका लागि दिल्ली जाने भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको सन्देश बोकेर नर्भिक अस्पताल पुग्नुभएका ईश्वर पोखरेललाई भावुक हुँदै खनालले पार्टी एकता गर्न भन्नुभएको थियो । दिल्ली उड्नु अघि अध्यक्ष ओलीलाई सन्देश दिँदै खनालले भन्नुभएको थियो, ‘कमरेड, म फर्केर आउँछु कि आउँदिन, पार्टी बचाउनुहोस् ।’

‘जनताको चाहना र अपेक्षाविपरीत हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ’, दिल्ली उड्नु अघि खनालले पार्टी एकताका लागि जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो ।

तर, उहाँको सन्देशले काम गरेन । साढे दुई महिनापछि खनाल स्वदेश फर्किंदा एमाले दुई टुक्रा भयो । एमाले दुई टुक्रा हुनुमा खनालको पनि भूमिका रह्यो । आफैँले दिएको सन्देशविपरीत खनाल दिल्लीस्थित नेपाली दूतावासमार्फत एमाले विभाजनका लागि सनाखत गर्नुभयो ।

आफ्नै जीवनरक्षाका लागि दिल्ली पुग्नुभएका खनाल दशौँ वर्ष पसिना बगाएको आफ्नो पार्टीको रक्षा गर्न सक्नुभएन । दशौँ वर्ष मुलुक र जनताका लागि गरेका संघर्षका सहयात्रीहरू विमानस्थलमा उनको स्वागत र थप स्वास्थ्य लाभको कामना गर्न अनपुस्थित हरनुभयो । –न्युजकारखाना