अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिकित्सकमाथि दुर्व्यवहार गर्ने पक्राउ, अध्यादेशबमोजिम मुद्दा दायर

चिकित्सकमाथि दुर्व्यवहार गर्ने पक्राउ, अध्यादेशबमोजिम मुद्दा दायर


दाङ– राप्ती प्रादेशिक अस्पताल तुलसीपुका मेडिकल सुपिरिटेन्डेन्ट डा विनोद सिंहमाथि कार्यकक्षमै दुर्व्यवहार गर्ने अनेरास्ववियु दाङका दुई जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

चिकित्सकहरुले आन्दोलन चर्काउँदै गर्दा प्रहरीले घटनाका मुख्य आरोपी दुई जनालाई सोमवार पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । उनीहरुविरुद्ध स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दायर गरिएको कुरुम्वाङले बताउनुभयो ।

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएपछि बढीमा ५ बर्षसम्म कैद सजाय हुनेगरी सरकारले यो अध्यादेश ल्याएको थियो । यसअनुसार नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेशबमोजिम मुद्दा दायर भएको प्रजिअ कुरुम्वाङले बताउनुभयो । बाँकी आरोपीलाई खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

दाङ प्रहरी प्रमुख सुरेश काफ्लेले घटनामा संलग्न मुख्य मान्छेहरु केही पक्राउ परिसकेको र केहीको खोजी भइरहेको बताउनुभयो । सिसिटिभी फुटेजको आधारमा व्यक्तिहरु पहिचान गरेर नियन्त्रणमा लिइरहेको र छिट्टै सबैलाई पक्राउ गर्न प्रहरी सफल हुने उहाँको भनाइ छ ।

अहिलेसम्म ४/५ जनालाई सोधपुछ गरिएको र मुख्य आरोपीमध्येका दुई जनालाई सोमवार नियन्त्रणमा लिइएको उनको भनाइ छ ।