काठमाडौं– नेकपा एमालेको अभिलेखबाट पूर्वमहासचिव माधवकुमार नेपालको नाम हटाइने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको अन्तरपार्टी निर्देशनमा नेपालसहित पार्टी विभाजनमा संलग्न भएकाहरुको नाम हटाउन निर्देशन दिइएको छ ।
‘विभाजनकारी गतिविधिमा संलग्न भई अलग दल दर्ताका लागि उपस्थित भएर सनाखत गर्ने पार्टीका केन्द्रीय कमिटीका सदस्य र मातहतका सदस्यलाई निष्काशन गर्दै निजहरूको नाम पार्टीको अभिलेखबाट हटाउने,’ अपानिमा उल्लेख छ ।
नेपालसहितका केही दर्जन नेताहरुले गत साता एमालेबाट बाहिरिएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गर्नुभएको छ ।
पार्टीको भूमिगत जीवनदेखि नै सक्रिय रहनुभएका नेपालले १४ वर्ष पार्टीको नेतृत्व लिनुभएको थियो । एमालेबाटै उहाँले पटक पटक सांसद, उपप्रधानमन्त्री, प्रधानमन्त्री बन्ने अवसरसमेत पाउनुभएको थियो ।
एमालेले २०७५ जेठ २ गतेसम्मका, एकीकरणका क्रममा आबद्ध भएका र २०७५ जेठ ३ गते पछिका पार्टी सदस्यहरूको सदस्यतालाई आधार मानी सम्बन्धित जिल्ला कमिटीले सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ ।







प्रतिक्रिया