अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालाई युवराज ज्ञवालीको चेतावनी : एमाले सिध्याउने प्रयास नगर्नुस्

माधव नेपालाई युवराज ज्ञवालीको चेतावनी : एमाले सिध्याउने प्रयास नगर्नुस्


सर्खेत -नेकपा एमालेका उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्ज युवराज ज्ञवालीले  एमाले सिध्याउने प्रयास नगर्न  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चेतावनी दिनुभएको छ ।

वीरेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भन्नुभयो, ‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’
माधव नेपाल ‘आफूले आफूलाई सिध्याउने दिशामा लाग्नु भएको छ । एमालेको मत खोसेर हामी जित्छौं भन्ने नसोच्नुस् ।’

माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गरेको भन्दै कुनै महसुस गर्नेसमेत बताए ।

संयोजक ज्ञवालीले माधव नेपालसहितको एकताको प्रयास गरेपनि असफल भएकोे पनि बताउनुभयो । पार्टी एकताका लागि अन्तिम चरणसम्म प्रयास गरे पनि माधव नेपाल कुनै पनि हालतमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जोडिएर बस्न नसक्ने निर्णयमा पुगेपछि आफूहरुले नेपालको साथ छोडेर १० बुँदे कार्यान्वयनमा लागेको ज्ञवालीको भनाइ छ ।

विगतमा नेपाल निकट मानिएका नेता ज्ञवालीले आफूहरुले एक महिनासम्म पार्टी फुटाउनु हुन्न अन्तर संघर्ष गरौं भनेर सम्झाउँदा पनि नमानेपछि साथ छोड्नु परेको बताए ।