अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थानीय तहको अभियानतिर सोझिदै

एमाले स्थानीय तहको अभियानतिर सोझिदै


काठमाडौं– नेकपा एमालेले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको स्थानीय तह विभागको भदौ ७ गतेको बैठकले देशैभरीका स्थानीय तहका जनप्रतिनिधिहरु मार्फत पार्टीको वर्तमान अवस्थाको रिर्पोटिङ लिने भएको छ । यसका लागि विभागले विशेष प्रकारको फारम बनाएर पार्टीको तर्फबाट विजयी भएका जनप्रतिनिधिहरुलाई पठाउन तयार गरेको छ ।

प्रत्येक प्रदेशको अलग अलग भेला आयोजना गर्दछौं । हामीले सातै प्रदेशबाट पाएको रिपोर्टका आधारमा हाम्रा जनप्रतिनिधिको चार वर्षे कार्यकालको समीक्षा हुनेछ ।

केन्द्रीय कार्यलयका सचिव शेरबहादुर तामाङले जारी गरेको परिपत्र अनुसार देशैभरीका स्थानीय तहमा पार्टीको अवस्था बारे वस्तुनिष्ठ जानकारी गराउन जिम्मेवारी पनि तोकिएको छ । जसअनुसार प्रदेश नं १ मा सोमनाथ पोर्तेल, २ मा हरि उप्रेती बागमतीमा ध्रुव थपलिया गण्डकीमा राजु पौडेल, लुम्बिनीमा बासुदेव घिमिरे, कर्णालीमा लक्ष्मी शाही र सुदूरपश्चिममा कृष्णप्रसाद जैसीलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीको स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालका अनुसार एमालेले जितेका महानगर, उमहानगर, नगरपालिका, गाउँपालिका गरी ६ सय २७ जना प्रमुख, उपप्रमुख र ७३ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख गरी करिब ७ सय जनाको उपस्थितिमा राष्ट्रिय भेला गर्ने तयारी छ । भेलालाई अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्नुहुनेछ । भेलाको समय पछि तोकिने उल्लेख छ । ‘त्यसपछि हामी प्रत्येक प्रदेशको अलग अलग भेला आयोजना गर्दछौं,’ दाहालले भन्नुभयो ‘हामीले सातै प्रदेशबाट पाएको रिपोर्टका आधारमा हाम्रा जनप्रतिनिधिको चार बर्षे कार्यकालको समिक्षा हुनेछ ।’

यी भेलाहरुबाट पार्टीलाई आगामी स्थनीय तहको निर्वाचनमा थप मजबुद बनाउने गरी लाग्न विशेष रणनीतिहरु बनाउनेछौं ।

एमालेले स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई आफ्नो कार्यकालमा भएका उल्लेख्य उपलब्धीलाई समेटेर प्रचार सामग्री बनाएर त्यसलाई व्यापक रुपमा प्रचार गर्न पनि आग्रह गरेको छ ।