अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारको काँधमा बन्दुक तेर्साएर समाचार वाचन गर्न भन्नेपछि…

पत्रकारको काँधमा बन्दुक तेर्साएर समाचार वाचन गर्न भन्नेपछि…


काबुल– एक समाचारवाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन् । बन्दुकधारी लडाकूहरूको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ । केही लडाकूले समाचार प्रस्तोताको काँधपछाडि बन्दूकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार पढ्न दबाब दिन्छन् । यो दृश्य आधुनिक अफगानिस्तानको एउटा टेलिभिजन स्टुडियोको हो ।

४२ सेकेण्ड लामो सो भिडियो क्लिपमा समाचार प्रस्तोतालाई ८ जना सशस्त्र तालिवानले घेरिरहेको देखिन्छन् । उनीहरूले तालिवानको समर्थन जनाउने सामाग्री पढ्न दबाब दिइरहेका थिए । मंगलबार विहानसम्म सो भिडियो १० लाखले हेरिसकेका छन् ।

बिबीसीका याल्दा हाकिमले ट्विट गरेको सो भिडियो क्लिपमा आइतबार दिउसो स्टुडियोमा पुगेर तालिवानले समाचार प्रस्तोतालाई आफूसँग बोल्न दबाब दिएका थिए । प्रस्तोताले लडाकूसँग ‘अन एयर’ मै बहस गरेका थिए ।

तालिवानको दबाबपछि प्रस्तोताले अफगान सरकारको पतनबारे चर्चा गर्दै अफगानीलाई त्रसित नहुन आग्रह गरेका थिए । प्रस्तोताले सर्बसाधरणलाई स्टुडियोबाटै तालिवानलाई सहयोग गर्न आव्हान गरेका थिए ।

इरानी पत्रकार मासी अलिनजादले सो भिडियो रिट्विट गर्दै लेख्नुभएको छ, ‘यो भिडियो अस्वभाविक छ । तालिवानले समाचार प्रस्तोतालाई बन्दूकको नाल देखाएर आफ्नो धारणा व्यक्त गर्न लगाएका छन् । ’