अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बलात्कार आरोपी मन्त्री शाहीलाई बर्खास्त गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)

बलात्कार आरोपी मन्त्री शाहीलाई बर्खास्त गर्न अनेरास्ववियुको माग (विज्ञप्तिसहित)


काठमाडौं– नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बलात्कार आरोप लागेका कर्णाली प्रदेशका कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्त गर्न माग गरेको छ ।

आज विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष ऐन महरले बलात्कार आरोपी शाहीलाई तत्काल कारबाही गर्न र पीडितलाई न्याय दिन माग गर्नुभएको हो ।

‘बलात्कार आरोपी मन्त्रीलाई तत्काल बर्खास्त गरी पीडितलाई न्याय प्राप्त र दोषीलाई कारबाहीको पक्षमा लाग्न कर्णालीका मुख्यमन्त्रीलाई अनेरास्ववियु अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो जघन्य अपराधका सम्बन्धमा देउवा नेतृत्वको विदेशी कम्र्फटेवल सरकारलाई समेत ध्यानाकर्षण गराउँदछौं ।’

संगठनले पीडितले न्याय नपाउँदासम्म अपराधी र त्यसको संरक्षकर्ताकोविरुद्धमा निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।