धनगढी– माधव नेपालको नेकपा (एकीकृत समाजवादी) मा खुलेका एमाले सुदूरपश्चिम प्रदेशसभाका तीन सांसद सम्पर्कविहीन हुनु भएको छ । सनाखतका लागि निर्वाचन आयोगतर्फ जाँदैगर्दा आधा बाटोबाटै तीन जना सांसद सम्पर्कविहीन हुनु भएको हो ।
सम्पर्कविहीन हुनेमा तारालामा तामाङ, कुलवीर चौधरी र अर्चना गहतराज रहनुभएको छ ।
उहाँहरूको खोजीमा समाजवादीतिर भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी लाग्नुभएको छ । ‘हामीले खोजिरहहेका छौं । आजै सनाखत गर्नुहुन्छ,’ सोडारीले भन्नुभयो ।







प्रतिक्रिया