काठमाडौं– बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । एमालेका १२ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्य अल्पमतमा पर्नुभएको हो ।
२ भदौमा मुख्यमन्त्रीको पदभार ग्रहण गर्नुभएकी उहाँ अन्ततः १४ दिनमै अल्पमतमा पर्नुभएको हो ।
एमालेका राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । हाल प्रदेश मन्त्री रहनुभएका कृष्ण शर्मा खनालले पनि समाजवादीमा सनाखत गर्नुहुने भएको छ ।
एमालेको ५६ मा नेकपा एसमा १२ जना खुलेका छन् ।
यता, एमालेलाई राप्रपाको दुई सांसद र नेमकिपाको दुई सांसदले समर्थन गर्न सक्ने सम्भावना छ । एमाले र नेमकिपाले साथ दिँदा पनि अष्टलक्ष्मी अल्पमतमा पर्नुहुन्छ ।







प्रतिक्रिया