काठमाडौं– गत २४ घण्टामा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज १ हजार ७८६ जना संक्रमणबाट मुक्त भएका छन् ।
आज कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ।
हाल सक्रिय संक्रमित ३५ हजार ५९१ सय छन् ।





प्रतिक्रिया