अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा एमालेका १० प्रदेश सांसदद्वारा समाजवादी पार्टीमा सनाखत

सुदूरपश्चिममा एमालेका १० प्रदेश सांसदद्वारा समाजवादी पार्टीमा सनाखत


धनगढी– एमाले सुदूरपश्चिम प्रदेशसभाका १० जना सांसदले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेका हुन् ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका छन् । तर सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए । उनीहरूको खोजी भइरहेको सोडारीले बताउनुभयो ।

सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरू बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

तारालामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । समाजवादीतिर लाग्नुभएका कृष्ण सुवेदीले पनि सनाखत गर्न मान्नुभएको छैन ।