अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुख्य रजिष्ट्रारलाई सर्वोच्चको प्रश्न : न्यायाधीशको सम्पत्तिसम्बन्धी रिट किन दर्ता नगरेको?

मुख्य रजिष्ट्रारलाई सर्वोच्चको प्रश्न : न्यायाधीशको सम्पत्तिसम्बन्धी रिट किन दर्ता नगरेको?


काठमाडौं– सर्वोच्च अदालतले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न माग गर्दै दायर रिट दर्ता गर्न अस्वीकार गर्ने (दरपीठ गर्ने) मुख्य रजिष्ट्रारलाई दर्ता नगर्नुको कारण पेस गर्न आदेश दिएको छ ।

अधिवक्ता प्रवेश केसीले दायर गरेको सम्पत्तिसम्बन्धी रिट एक महिनाअघि मुख्य रजिष्टार लालबाबु कुँवरले दर्ता गर्न नमिल्ने भन्दै फर्काइदिनुभएको थियो ।

उहाँको दरपीठ आदेशविरुद्ध इजलासमा परेको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्कीले दरपीठ गर्नुपर्ने कारण खुलाएर इजलासमा प्रतिवेदन पेस गर्न मुख्य रजिष्ट्रारलाई आदेश दिनुभएको थियो ।

अधिवक्ता केसीले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, न्यायाधीशको सम्पत्ति गोप्य राख्ने विद्यमान कानुन बदर गर्नुपर्ने मागसहित रिट दर्ता गराउन खोज्नुभएको थियो ।

सम्पत्ति विवरण गोप्य राख्ने कानुन संविधानको धारा २७ को सूचनाको हकसँग बाझिएको भन्दै दर्ता गर्न खोजेको रिट उनले दर्ता गर्न अस्वीकार गर्नुभएको थियो । कुँवरको जवाफसहितको प्रतिवेदन पेस भएपछि इजलासले रिट दर्ता गर्ने या नगर्ने भन्ने आदेश दिनेछ । –न्युज कारखाना