काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार सही बाटोमा नहिँडिरहेको बताउनुभएको छ । आज काठमाडौंमा झापा-काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
‘गठबन्धनको गाडी भिरैभिर कुद्दैछ। एकछिन त रमाइलो होला तर ढुंगामा बजारिएपछि थाहा हुन्छ,’
अध्यक्ष ओलीले भन्नुभयो ।
त्यस्तै, उहाँले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो कर्तव्य बिर्सनुभएको दोहोर्याउनुभयो । ‘सभामुख मूलबाटो छोडेर कान्लाकान्ला हिँड्नुभयो । अदालतमा पुगेपछि जे गरे पनि भयो,’ अध्यक्ष ओलीले भन्नुभयो ।







प्रतिक्रिया