अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना


काठमाडौं– हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्य बदली रही प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश थोरै स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार भने देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। शुक्रबार देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।