अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अष्टलक्ष्मी र भीमलाई माधव नेपालको ‘ब्ल्याकमेलिङ’

अष्टलक्ष्मी र भीमलाई माधव नेपालको ‘ब्ल्याकमेलिङ’


काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ‘ब्ल्याकमेलिङ’ गरेको छ ।

दुई चार वटा मन्त्री र केही नियुक्तिको लोभमा पार्टी फुटाउनुभएका नेपालले नेकपा (एस) नरोजे सरकारबाट फालिदिने चेतावनी दिनुभएको छ । तर, दुवै मुख्यमन्त्रीले नेपालको माग पूरा नगर्ने भन्दै अस्वीकार गरेका छन् ।

आचार्यले बहुमत जुटाउन प्रयत्न भइरहेको बताउँदै अनुकुल मिल्नेबित्तिकै संसदबाट विश्वासको मत लिने बताउनुभयो । एमालेलाई एकताबद्ध राख्न आफूले कोशिस गरेको बताउँदै उहाँले एमाले एक होस् भनेरै आफूले मुख्यमन्त्री बन्ने खतरा मोलेको पनि उल्लेख गर्नुभयो ।

‘पार्टी फुटाउने कुरामा मेरो सहमति छैन। म पद जोगाउनकै लागि दायाँबायाँ गर्दिन,’ आचार्यले भन्नुभयो, ‘मुख्यमन्त्री अस्थायी चिज हो। यसका लागि आन्दोलनलाई धोका दिएर ७० वर्ष लामो इतिहास बोकेको पार्टी विगार्ने काम मबाट हुँदैन।’

शाक्यले पनि आफूलाई मुख्यमन्त्री भन्दा पार्टी प्यारो भएको बताउँदै पदका लागि राजनीतिक जीवन दाउमा राख्न नसकिने बताउनुभयो ।