काठमाडौं– वागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले राजीनामा दिनुभएको छ ।
अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेपछि सोही दिन मन्त्री नियुक्त भएका खनालले नेकपा एमाले छाडेको भोलिपल्ट राजीनामा दिनुभएको हो ।
खनालले बुधवारमात्रै प्रदेश निर्वाचन कार्यालय हेटौंडा पुगेर नेकपा एसको पक्षमा सनाखत गर्नुभएको थियो ।
खनाल नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
मुख्यमन्त्रीलाई काम गर्न सहज होस् भनेर राजीनामा बुझाएको उहाँको प्रतिक्रिया छ ।





प्रतिक्रिया