अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सभामुख सापकोटाको व्यक्ति हत्या मुद्दा ‘हेर्न नमिल्ने’

सभामुख सापकोटाको व्यक्ति हत्या मुद्दा ‘हेर्न नमिल्ने’


काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ भएन। सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेसी चढेको मुद्दा हेर्न नमिल्नेमा परेको हो।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडारहेको इजलासमा शुरुमै पेसी चढेको मुद्दा हेर्न नमिल्नेमा परेको हो।

इजलासमा रहेका न्यायधीश हरिकृष्ण कार्कीले तत्कालीन समयमा सोही मुद्दामा सापकोटाको विपक्षमा बहस गरेका कारण सुनुवाइ गर्न नमिलेको हो ।

माओवादी विद्रोहका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटा प्रमुख दोषी रहेको भन्दै लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेल लगायतले २०६८ असार ६ गते मुद्दा दायर गरेका थिए।