काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीलाई भेट्न आफ्ना दूत पठाउनुभएको छ ।
देउवाले आफ्ना विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई मंगलबार राति अध्यक्ष ओलीसँग भेट्न बालकोट पठाउनुभएको हो । कतिपयले देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसँग सम्बन्ध सुधार गर्ने प्रयास थालेको अड्कल गरेका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराएकामा आक्रोशित ओलीसँग कुरा गर्न देउवाले कार्कीलाई बालकोट पठाउनुभएको हो । ओली र कार्कीबीच साढे दुई घण्टा कुराकानी भएको थियो ।
संसद्को सबैभन्दा ठूलो दल एमालेको सहयोगबिना संसद् सञ्चालन गर्न अप्ठ्यारो पर्ने देखेपछि देउवाले ओलीसँग सम्बन्ध बढाउन चाहनुभएको छ ।
एमालेको असहयोग भए बजेटलगायतका अध्यादेश स्वतः निष्क्रिय हुने निश्चित छ ।





प्रतिक्रिया