अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तारकेश्वरको युवा संघ कमिटी संयोजकमा सुमन महर्जन

तारकेश्वरको युवा संघ कमिटी संयोजकमा सुमन महर्जन


काठमाडौं– राष्ट्रिय युवा संघ नेपाल तारकेश्वर नगर कमिटी संयोजकमा सुमन महर्जन चयन हुनु भएको छ ।

मंगलबार नेकपा एमालेको भातृसंगठन युवा संघले नगर कमिटी गठन कार्यक्रम गरी महर्जनलाई संयोजक चयन गरेको हो ।

त्यस्तै, सचिवमा सुरजकुमार भट्टराई चयन हुनु भएको छ । नवगठित उक्त कमिटी ५५ सदस्यीय रहेको छ। कमिटी गठन गठनसँगै पदाधिकारीहरूलाई शपथ गराइएको छ ।

कार्यक्रममा राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेल, बाग्मती प्रदेश सभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार मन्त्री केशव स्थापित र तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराको उपस्थिति रहेको थियो ।