अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो (आदेशहित)

काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो (आदेशहित)


काठमाडौं– काठमाडौं उपत्यकामा ५ महिनादेखि जारी निषेधाज्ञा हटाइएको छ । आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाई पनि आदेश भने जारी राखिउको बताउनुभयो । ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन् ।

‘निषेध भन्ने शब्दलाई हटाएर हामीले आदेश जारी गरेका छौं । स्वास्थ्य मापदण्डहरू पालना गरेर कृयाकपलाप सञ्चालन गर्न सक्ने भन्ने मोडालिटीमा गयौं,’ प्रजिअ पराजुलीले भन्नुभयो ।

बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर सो आदेश जारी गर्नुभएको हो । यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न पाइदैन थियो ।

अहिले पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्न भनेको छ भने गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चाचालन गर्न सक्ने भएको हो ।

त्यस्तै, पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ ।