ताप्लेजुङ– ताप्लेजुङको नौ स्थानीय तहमध्ये ६ गाउँपालिका केन्द्रमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । तीनवटा गाउँपालिका केन्द्रमा भने राष्ट्रिय प्रशारण लाइन पुग्न बाँकी रहेको छ ।
सदरमुकाम फुङ्लिङमा पहिलोपटक कात्तिक २०७२ मा राष्ट्रिय प्रशारण लाइन पुगेको थियो । राष्ट्रिय प्रसारण लाइन पुगेको ६ वर्षमा नौ स्थानीय तहमध्ये ६ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत प्राधिकरण ताप्लेजुङका प्रमुख प्राविधिक हेमन्त चौधरीले जानकारी दिनुभयो ।
फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत सेवा पुगेको नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङले जनाएको छ । मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जोडान भएको विद्युत प्राविधिकरणले जनाएको छ ।
पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजंगा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा दुई प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको विद्युत प्रविधिकरण ताप्लेजुङको तथ्यांकले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरघुरी संख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।
फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ । जिल्लाकै ठूलो तथा नेपालको तेस्रो ठूलो गाउँपालिका फक्ताङलुङ गाउँपालिमा भने राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । न्युजकारखाना





प्रतिक्रिया