अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस सभापतिमा उठ्ने कल्याण गुरुङको घोषणा

कांग्रेस सभापतिमा उठ्ने कल्याण गुरुङको घोषणा


काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गर्नुभएको छ ।

उहाँले आज पत्रकार सम्मेलन गर्दै मंसिरमा हुने कांग्रेसको महाधिवेशनमा सभापति पदमा उठ्ने घोषणा गर्नुभएको हो ।

गुरुङले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबी गर्नुभएको छ । पार्टीमा उहाँ रामचन्द्र पौडेलनिकट मानिनुहन्छ । उहाँ नेविसंघका पूर्वसभापति पनि हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा गुरुङले नेताकार्यकर्ताको मागअनुसार उम्मेदवारी दिएको र चाँडै आफ्नो टिम सार्वजनिक गर्ने बताउनुभयो ।

यसअघि कांग्रेस सभापतिमा उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । उहाँले सम्पर्क कार्यालयसमेत खोलिक्नुभएको छ । महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ ।