अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा आधा दर्जन माओवादीका नेता-कार्यकर्ता एमाले प्रवेश

दैलेखमा आधा दर्जन माओवादीका नेता-कार्यकर्ता एमाले प्रवेश


दैलेख– दैलेखमा माओवादी केन्द्रका आधा दर्जन नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मासहित माओवादीका आधा दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई आज एमाले जिल्ला कमिटी दैलेखले आयोजना गरेको जिल्ला भेलामा स्वागत गरिएको थियो ।

‘नेकपा एमालेको नीति, विचार र सिद्धान्त सही लाग्यो, देशमा एमालेबाहेक अरूले समृद्धि ल्याउन नसक्ने बुझेर एमाले प्रवेश गरेको हुँ,’ एमाले प्रवेश गर्दै नेता विश्वकर्माले भन्नुभयो ।

नगरप्रमुख खड्गराज उपाध्यायका अनुसार गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवारसमेत रहनुभएका विश्वकर्मा आज एमाले प्रवेश गरेसँगै आठबीस नगरपालिकामा एमाले थप बलियो भएको छ ।