काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रधानमन्त्रीसमेत रनुभएका सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाउनुभएको हो ।
नेपाल दलित संघका अध्यक्षसमेत रनुभएका विश्वकर्माले पार्टी केन्द्रीय कार्यालयमार्फत राजीनामा पत्र बुझाउनुभएको हो ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको राजीनामा पत्रमा निर्वाचन निर्देशिकामा गरिएको व्यवस्था प्रति आपत्ति जनाउनुभएको
छ ।
‘समावेशी सिद्धान्तविपरित मुलुकका अधिकांश वडा, पालिका र क्षेत्रहरूमा दलित समुदायको प्रतिनिधित्व शून्य हुने गरी काल्पनिक तथ्यांकको आधारमा बिना छलफल निर्वाचन निर्देशिकाको अनुसूची खण्ड तयार गरेको र हाल सच्याउने कुनै सम्भावना पनि नदेखिएकोले दलित समुदायका नेता साथीहरूले यस पटक कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिमा खुल्लातर्फ उम्मेदवारी दिइ विजयी हुनुहोला भन्ने शुभकामना व्यक्त गर्दछु,’ उहाँले लेख्नुभएको छ ।






प्रतिक्रिया