अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा एमाले, पार्टीले कारबाही गरेका १४ जना सांसदको सनाखत गलत (पूर्णपाठ)

निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा एमाले, पार्टीले कारबाही गरेका १४ जना सांसदको सनाखत गलत (पूर्णपाठ)


काठमाडौं–  नेकपा एमाले विभाजन भएर गएका नेकपा एकीकृत समाजवादीलाई दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा पुगेको छ।

एमालेले बुधबार आयोगविरुद्ध दायर गरेको रिटमा प्रचलित कानून बमोजिम एकीकृत समाजवादीको दर्ता नै गलत भएको जिकिर गरिएको छ।

एमालेले छुट्टै दल दर्ता गर्दा आफूहरूलाई जानकारी नै नदिई, कुनै पत्राचार नगरी र रोहवरमा नराखी प्राकृतिक न्याय र सिद्धान्तविपरीत दल विभाजन गरिदिएको आरोप लगाएको छ।

त्यस्तै १४ जनालाई एमालेबाट निष्कासन गरी संघीय संसद सचिवालयमा निवेदन दर्ता गरेको र उक्त कुरा विचाराधीन रहेको अवस्थामा रहँदा रहँदै जबरजस्ती छुट्टै दल दर्ता गरेको अरोप लगाइएको छ।

एमालेले अघिल्लो दिन एउटा दलका नाममा दिएको निवेदनलाई फेरि नयाँ दल दर्ता हुँदा पनि मान्यता दिएको भन्दै प्रश्न उठाएको छ ।

पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुस्