अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक : अघिल्लो सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने निर्णय

मन्त्रिपरिषद् बैठक : अघिल्लो सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता कार्यान्वयन गर्ने निर्णय


काठमाडौं । वर्तमान देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले गत आर्थिक वर्षको बजेटमा वृद्धि गरेको सामाजिक सुरक्षा भत्तालाई कार्यान्वयनमा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै प्रकारको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाउनुभएको थियो ।

सरकार परिवर्तनपछि अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले ल्याएको बजेटमा सामान्य संसोधन गर्दै प्रतिस्थापन विधेयकको तयारी गर्नुभएको छ । त्यसमा सामाजिक सुरक्षा भत्ता भने नचलाइने निश्चित भएको छ ।

बजेटले वृद्धि गरेको भत्ता साउन महिनाबाटै लागू हुनेछ ।