अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी फुटाउँदा झलनाथदेखि चुडालसम्मको सनाखतमा रित नपुगेको एमालेको दाबी

पार्टी फुटाउँदा झलनाथदेखि चुडालसम्मको सनाखतमा रित नपुगेको एमालेको दाबी


काठमाडौं– पार्टी विभाजनका लागि ६ जना सांसदले गरेको सनाखतमा रित नपुगेको भन्दै नेकपा एमाले सर्वोच्च अदातल पुगेको छ ।

नेकपा एकीकृत समाजवादी नामको दल दर्ता झलनाथ खनालको हस्ताक्षर नभएको भन्दै हस्ताक्षर नै नभएका व्यक्तिको सनाखत गर्नु कानुनविपरीत भएको एमालेको दाबी छ ।

‘विपक्षी झलनाथ खनालको सम्बन्धमा निर्वाचन आयोगको उक्त निर्णयको दोस्रो पानामा निज केही समयदेखि भारतस्थित एपोलो अस्पतालमा उपचाररत रहेको र भारतस्थित नेपाली राजदूतावासबाट सनाखत गर्न अनुरोध गरेको र मिति २०७८।०५।०४ को छुट्टै दल दर्ताको निवेदनमा सूचीमा निजको नाम समावेश भएको भनी लेखिएको छ,’ रिटमा भनिएको छ, ‘जबकी निजले सुरू छुट्टै दल दर्ताको निवेदन २०७८।५।२ मा दर्ता भएकोमा समेत निजको दस्तखत छैन । यसरी सुरू निवेदनमा दस्तखत नै नभएका व्यक्तिको हाल आएर सनाखत गराउन मिल्दैन ।’

आयोगले नै सुरू निवेदनमा नाम नभएको कारणले सनाखन नगराएको भन्दै एमालेले सुरू निवेदनमा नाम नहुनु र सुरू निवेदनमा हस्ताक्षर नहुनुमा कुनै फरक नभएको तर्क गरेको छ ।

यस आधारमा प्रदीप नेपाल, धर्मनाथप्रसाद साह, रत्नेश्वर गोइत यादव , रविन्द्र वैठा धोवी र खगेन्द्र चुडालको समेत सनाखत कानुनसम्मत नभएको रिटमा दाबी गरिएको छ ।