अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा खोलाले कार बगाउँदा घटना स्थलमै चार जनाको मृत्यु

दाङमा खोलाले कार बगाउँदा घटना स्थलमै चार जनाको मृत्यु


दाङ– दाङमा सडकमा गुडिरहेको कारलाई खोलाले बगाउँदा चार जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार घोराही–लमही सडकखण्डअन्तर्गत सिस्नेखोलाले बुधबार राति १० बजेतिर प्र–३–०१–०२४ च ४४४० नम्बरको कार बगाएको हो । पुल नबनेका कारण खोला सडक माथिबाटै बग्ने गरेको छ ।

नेपालगन्जबाट घोराहीतर्फ आउँदै गरेको कार बाढीले बगाउँदा त्यसमा सवार घोराही उपमहानगरपालिका–१३ की ४० वर्षीया रीता माया पुन, सोही ठाउँकी ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही–१४ का ३३ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४३ वर्षीया विमला केसीको मृत्यु भएको उहाँले बताउनुभयो ।

कारका चालक घोराही-१३ का ४३ वर्षीय नरबहादुर पुन घाइते  हुनु भएको छ । उहाँको अवस्था मध्यम रहेको र घोराहीमा उपचार जारी रहेको डीएसपी रिजालले जानकारी दिनुभयो ।

खोलाले बगाएर मृत्यु भएकाको शव झन्डै ३ किलोमिटर तल घोराही १७ बेलभार भन्ने ठाउँमा फेला परेको प्रहरीले जनाएको छ ।