काठमाडौं– जुवाडे छुटाउन घुस माग्ने दुई जना माओवादी कार्यकर्तालाई प्रहरीले पक्रेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कालीकोट घर भइ काठमाडौं बस्ने तिलकबहादुर उपाध्याय र रोल्पा घर भइ काठमाडौं बस्ने दत्त बुढा रहेका छन् ।
उपाध्याय माओवादी केन्द्र निकट क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत हुन् । दत्त भने विद्यार्थीका पूर्वनेता हुन् । स्वंम्भूको हिरासतमा रहेका जुवाडेहरूलाई छुटाइदिन्छौँ भन्दै उनीहरूले ३ लाख रुपैयाँ लिएको जानकारी पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया