काठमाडौं– भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । भारतीय मिडियाका अनुसार उहाँको ४० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो ।
उहाँको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उहाँको शरीरको पोस्टमार्टम गरिने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतीय मिडियाका अनुसार सिद्धार्थ केही औषधि खाएर सुत्नुभएको थियो । तर, उहाँले कस्तो प्रकारको औषधी सेवन गर्नुभएको थियो भनेर खुल्न सकेकाे छैन ।
सिद्धार्थ ‘बीग बोसल १३’को विजेतासमेत बन्नुभएको थियो । सिद्धार्थको जन्म सन् १९८० मा मुम्बईमा भएको थियो ।
सिद्धार्थले अभिनय गरेका ‘ब्रोकन बट ब्यूटीफूल ३, बालिका बधु, दिल से दिल तक’ लगायतका सिरियल चर्चामा थिए ।





प्रतिक्रिया