अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको गृहजिल्लामा एमाले एकतावद्ध

एमाले अध्यक्ष ओलीको गृहजिल्लामा एमाले एकतावद्ध


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा २०७५ जेठ २ अघिको पार्टी कमिटी सक्रिय भएको छ ।

आजको जिल्ला सचिवालयको बैठकमा केन्द्रीय सदस्यहरू हिक्मत कार्की,रविन कोइराला देवेन्द्र दाहाल,हरी राजवंसीहरु उपस्थित भएपछि आम कार्यकर्तामा खुसीयाली छाएको छ ।

कोइराला लामो समयदेखि माधव झलनाथ समूहसँग निकट हुनहुुन्थ्यो । तर, पार्टी विभाजनको विपक्षमा उभिएपछि जिल्लामा कोइरालाका समर्थकहरू पनि एमालेमै उभिएका छन् ।

हालका जिल्ला इन्चार्ज एवं पूर्वमन्त्री हिक्मत कार्कीका अनुसार आगामी २१ गतेको जिल्ला कमिटीको बैठकमा कोइरालालाई जिल्लाको इन्चार्ज हस्तान्तरण गरिनेछ । माओवादीसँग एकता हुनुअघि कोइराला झापाको इन्चार्ज र कार्की इलामको इन्चार्ज हुनुहुन्थ्यो ।

आजै एमाले स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रदेशका अध्यक्ष देवराज घिमिरे पनि काठमाडौंबट प्रदेश अभियानमा लाग्नु भएको छ । अब सबै जिल्लाका जिल्ला कमिटी बैठक र जिल्लाहरू भेलाहरू गरिने अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।