अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् विस्तारबारे माधव नेपालको प्रतिक्रिया : ‘२३ गतेसम्म कसैले चुइक्क गर्दैन’

मन्त्रिपरिषद् विस्तारबारे माधव नेपालको प्रतिक्रिया : ‘२३ गतेसम्म कसैले चुइक्क गर्दैन’


काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् विस्तार हुन अझै समय लाग्ने बताउनुभएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेपछि प्रतिक्रिया दिँदै उहाँले मन्त्रिपरिषद् विस्तार हुन समय लाग्ने बताउनुभएको हो ।

मन्त्रिपरिषद् विस्ताबारे पनि कुराकानी भयो होला नि भन्ने प्रश्नमा नेपालले भन्नुभयो, ‘२२/२३ गतेसम्म त कसैले पनि चुइँक्क गर्दैन ।’

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू निरन्तर छलफलमा जुटेपनि मन्त्रालय भागबण्डा मिल्न सकेको छैन ।