काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापा तेस्रो धारका कृष्णप्रसाद सिटौलालाई छाडेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई साथ दिने बताउनुभएको छ ।
मंसिरमा हुने १४ औँ महाधिवेशनमा महामन्त्रीमा लड्ने घोषणा गरेका युवा नेता थापा केन्द्रीय कार्यालय सानेपा पुगेर वरिष्ठ नेता पौडेल नेतृत्वको समूहमा आवद्ध भएको जानकारी दिनुभएको हो । महामन्त्रीमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेको साता नपुग्दै थापाले पौडेललाई साथ दिने सार्वजनिक घोषणा गर्नुभएको हो ।
प्रतिक्रिया